काठमाडौं, २६ पुस – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
निगमको ४९ औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्याङ्कर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन् । अनि जनता जहिले पनि मारमा परेको परयै ।”
निगममा देखिएका विकृतिको चाङ हटाउन आफूलाई निकै गाह्रो भएको भन्दै मन्त्री यादवले आफू निगममा देखिएको प्वाल टाल्दाटाल्दै हैरान भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निगमलाई सुधार्न निकै चुनौती भए पनि ती चुनौती सामना गर्दै अघि बढेको छु ।” आफू मन्त्री भएदेखि नै विकृति विसङ्गती विरुद्ध लड्दै आएको स्मरण गर्दै उहाँले निगममा देखिएको अनियमिता तथा विकृतिको बन्द नगरे कसैको कल्याण नहुने चेतावनी दिनुभयो ।
पेट्रोलियम पदार्थका क्षेत्रमा सुधारको प्रयत्न गर्न आफूले मन्त्रालय सम्हालेदेखिनै काम गर्दै आए पनि निजी क्षेत्रले सहयोग नगरेको गुनासो गर्नुभयो । इन्धनको बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले विक्रेता नियमावली ल्याउने तयारी गरेपनि निजी क्षेत्रले असहयोग गरेको बताउनुभयो ।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पार्दै मन्त्री यादवले विस्फोटन हुने गरेर विकृति नल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समझदारीबाटै समस्याको हल गरौँ, छलफल गरौँ, जनता, निजी क्षेत्र, सरकार र कर्मचारीको लगानीबाट निगमलाई समृद्ध बनाऔँ, निगमको कामलाई व्यवस्थित गरौँ ।”
हवाई इन्धनको मूल्य घटाउने तयारी
जनताको हितमा निगमलाई परिचालित गर्दै लैजाने सरकारको सोच भएको स्पष्ट पार्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै लैजाने बताउनुभयो । आजैका मितिदेखि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाइएको जानकारी दिँदै मन्त्री यादवले अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य समेत समायोजन गरिने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक