काठमाडौँ, २४ पुस – अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ ।
उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।
मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा वार्षिक बिन्दुगत आधार मूल्य चार दशमलव दुई प्रतिशत रहेकामा पहिलो पाँच महीनामा मूल्य वृद्धिदर तीन दशमलव सात प्रतिशतमा झरेको जनाएको छ । गत आवको पहिलो पाँच महीनामा त्यस्तो वृद्धि चार दशमलव दुई प्रतिशत थियो ।
यस्तै चालू आवको पहिलो पाँच महीनामा राजश्व असुलीको वृद्धिदर ३२ प्रतिशत छ । साविकमा केन्द्रीय कोषमा जम्मा भएका केही करका क्षेत्र तथा सवारी रजिष्ट्रेशन, घरजग्गा बहालकर प्रदेश र स्थानीय तहमा हस्तान्तरणपश्चात् उक्त वृद्धि भएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै महालेखा नियन्त्रण कार्यालयको २०७५ मङ्सिरसम्मको तथ्याङ्कअनुसार चालू आवको पाँच महीनामा कूल खर्च सात प्रतिशतले वृद्धि भएकामा चालू खर्च १३ प्रतिशतले घटेको र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । कूल खर्चको वृद्धिदर कम हुनामा चालू खर्चमा गरिएको मितव्ययिता र अघिल्लो वर्षको यसै अवधिमा भएको निर्वाचन खर्च प्रमुख कारण हो भन्ने मन्त्रालयको ठहर छ ।
विप्रेषण आयतर्फ आर्थिक तथा औद्योगिक क्रियाकलापमा क्रमशः वृद्धि हुँदै गएका कारणले समेत वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आवको पहिलो चार महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव दुई प्रतिशतले घटे पनि सोही अवधिमा विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चार महीनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव चार प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव छ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच प्रतिशतले घटेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी