लन्डन । लन्डन प्लमस्टिडस्थित एक नेपाली रेष्टुरेन्ट र सुपर मार्केटको लाइसेन्स निलम्बन भएको छ । असामाजिक व्यवहार र हिंसालाई बढावा दिन उद्यत भएको ठहर गर्दै ग्रीनवीच काउन्सिलले जात्रा कुजिन (हाम्रो चौतारी) रेष्टुरेन्ट र युरो फुड एण्ड वाइनलाई अल्कोहल विक्री गर्न नपाउने गरि लाइसेन्स अस्थायी रुपमा निलम्बन गरिदिएको न्यूज सपरले जनाएको छ ।
फुडवे एसिया लिमिटेडले जात्रा कुजिनको लाइसेन्स लिएको थियो । उक्त रेष्टुरेन्ट परिसरमा झगडाका क्रममा एक व्यक्तिले खतरनाक तरिकाले चक्कु नचाएपछि प्रहरीलाई खबर गरि त्यो व्यक्तिलाई समातिएको थियो । काउन्सिल अन्तर्गतको मदिरा विक्रीको अनुमति पुनरावलोकन उपसमिति (लाइसेन्सिंग रिभ्यू सब कमिटी) बैठकमा पिसी गिल्स् ब्यालेसट्रिनीले झगडा हुंदा जात्रा कुजिनका कर्मचारीले प्रहरी बोलाउनुको सट्टा उल्टो घट्नाको भिडियो खिचेर बसेको बताएका थिए ।
युरो फुड एण्ड वाइनविरुद्ध पनि स्थानीयवासीको सिकायत परेको थियो । उक्त सुपरमार्केटले अनुमतिभन्दा अबेरसम्म मदिरा बिक्री गरेको, कडा खालका रक्सी बेचेको, सिसिटिभी प्रणाली राम्रोसंग जडान नगरेको आदि पाइएपछि काउन्सिल पदाधिकारीले लाइसेन्स निलम्बन गर्ने निर्णय गरेका हुन् । दुवै कम्पनीले २१ दिनभित्र पुनरावेदन दिन भने सक्नेछन् । काउन्सिलर ज्याकी स्मिथले भनिन्, ‘सार्वजनिक सुरक्षा चासो र असामाजिक व्यवहारपछि हामी त्यस्ता गतिविधिविरुद्ध कारबाही गर्न कति हिच्किचाउने छैनौं ।’
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]