लन्डन । लन्डन प्लमस्टिडस्थित एक नेपाली रेष्टुरेन्ट र सुपर मार्केटको लाइसेन्स निलम्बन भएको छ । असामाजिक व्यवहार र हिंसालाई बढावा दिन उद्यत भएको ठहर गर्दै ग्रीनवीच काउन्सिलले जात्रा कुजिन (हाम्रो चौतारी) रेष्टुरेन्ट र युरो फुड एण्ड वाइनलाई अल्कोहल विक्री गर्न नपाउने गरि लाइसेन्स अस्थायी रुपमा निलम्बन गरिदिएको न्यूज सपरले जनाएको छ ।
फुडवे एसिया लिमिटेडले जात्रा कुजिनको लाइसेन्स लिएको थियो । उक्त रेष्टुरेन्ट परिसरमा झगडाका क्रममा एक व्यक्तिले खतरनाक तरिकाले चक्कु नचाएपछि प्रहरीलाई खबर गरि त्यो व्यक्तिलाई समातिएको थियो । काउन्सिल अन्तर्गतको मदिरा विक्रीको अनुमति पुनरावलोकन उपसमिति (लाइसेन्सिंग रिभ्यू सब कमिटी) बैठकमा पिसी गिल्स् ब्यालेसट्रिनीले झगडा हुंदा जात्रा कुजिनका कर्मचारीले प्रहरी बोलाउनुको सट्टा उल्टो घट्नाको भिडियो खिचेर बसेको बताएका थिए ।
युरो फुड एण्ड वाइनविरुद्ध पनि स्थानीयवासीको सिकायत परेको थियो । उक्त सुपरमार्केटले अनुमतिभन्दा अबेरसम्म मदिरा बिक्री गरेको, कडा खालका रक्सी बेचेको, सिसिटिभी प्रणाली राम्रोसंग जडान नगरेको आदि पाइएपछि काउन्सिल पदाधिकारीले लाइसेन्स निलम्बन गर्ने निर्णय गरेका हुन् । दुवै कम्पनीले २१ दिनभित्र पुनरावेदन दिन भने सक्नेछन् । काउन्सिलर ज्याकी स्मिथले भनिन्, ‘सार्वजनिक सुरक्षा चासो र असामाजिक व्यवहारपछि हामी त्यस्ता गतिविधिविरुद्ध कारबाही गर्न कति हिच्किचाउने छैनौं ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा