लण्डन । बेलायतको एक स्थानीय अदालतले ब्रिटेनको रेडिङ शहरमा बसोबास गर्ने एक नेपालीलाई एक युवालाई बलात्कार गरेकोमा दोषी ठहराएको छ ।
रेडिङ क्रोनिकल नामक समाचारपत्रका अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ ।
ती युवाको परिचय भने खुलाइएको छैन ।
प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसंग आफ्नो घरजाने बाटो सोधेका थिए । राती आफ्ना साथीहरुसंग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसंग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।
ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजीकै बेर्सफोर्ड रोड प्लेग्राउण्डमा लगेर उनीसंग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।
डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी छन् । तर, सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन् । उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ ।
फैसला सुनाउँदै न्यायाधीशले आफ्नो यौनजन्य हिंसाकालागि लिम्बुले पश्चाताप नगरेको बताइन् ।
न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसंग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु एक यौन अपराधी भएको बताइन् ।
सो घटनाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो ।
प्रहरीसंगको बयानमा लिम्बुले ती युवासंग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दावी गरेका थिए ।
सो घटनापछि ती युवकले आफूलाई डर लाग्ने, घटनाको झझल्को आइरहने र राम्रोसंग सुत्न नसक्ने बताएका थिए।
सो घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेका थिए ।
लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा जनाइएको छ ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द