
इलाम नगरपालिकाले नागरिकका तर्फबाट प्रदान गरेको अभिनन्दनपत्र प्रधानमन्त्री केपी ओलीलाई प्रदान गर्दै इलाम नगरप्रमुख महेश बस्नेत । देशलाई स्वतन्त्र र स्वाभिमानमा हिडाउँदै समृद्ध यात्रामा अगाडि बढाउन नेतृत्व गरेको भन्दै इलाम नगरपालिकाले पधानमन्त्रीलाई नागरिक अभिनन्दन गरेको हो । तस्वीर – गंगा पराजुली, पशुपतिनगर रासस
इलाम, २० पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ ।
इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । “सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ ।”
उहाँले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेको उल्लेख गर्नुभयो । “इलाम मुलुककै अग्रणीमध्येको पनि अग्रणी जिल्ला हो । यहाँ लगानी गरे घाटा हुंदैन ।”
इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भन्नुभयो ।
अन्तर्राष्ट्रियस्तरमा समेत इलाम लगानीयोग्य क्षेत्र भनेर चिनिसकेकाले इलामको आर्थिक विकास हुनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले प्रदेश नं १ देशकै नमूना प्रदेश भएकाले यहाँका सबै विषयवस्तुले आकर्षण गर्ने उल्लेख गर्नुभयो ।
“यो प्रदेशमा देशकै होचो क्षेत्रदेखि सगरमाथासम्मका क्षेत्र छन् । कञ्चनजङ्गा पर्वत शृङ्खलादेखि विश्वकै अग्लो क्षेत्र अन्य हिमालसमेत भएको क्षेत्र भएकाले सबै वस्तुको आकर्षक प्रदेश हो”- प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री अभिनन्दित
लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माण पुरयाएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएरसमेत राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी