
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच अदालतमा पदभार ग्रहण गर्दै । तस्वीर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० पुस – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ ।
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग आज भएको भेटमा उहाँले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।
प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो ।
बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्ने कुरा राख्नुभएको थियो ।
सो जिज्ञासमा प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशी नमान्नु भएकाले सो कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छवि माथि उठाउन सो निर्णय गरेको स्पष्ट पार्नुभयो ।
न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमामा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता