
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले अल्डरसटमा एक कार्यक्रमबीच मेलमिलाप दिवस मनाएको छ ।
कार्यक्रम समितिका सभापति युवराज गुरुङको अध्यक्षता र पूर्व सभासद नरेन्द्रकुमार कुमालको प्रमुख आतिथ्यमा भेटघाट रेष्टुरेन्टमा भएको हो ।
महामन्त्री सूर्य तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति महेशकुमार दाहालले स्वागत मन्तव्य दिएका थिए ।
उक्त अवसरमा प्रमुख अतिथी कुमालले नेपालको वर्तमान राजनीतिक अवस्था र मेलमिलाप नीतिबारे प्रकाश पारेका थिए । सल्लाहकारहरु डा. सम्पूर्णानन्द ढुंगाना, नरकुमारी लिम्बु र शिवजी श्रेष्ठ, किरण राई, आदिवासी जनजाती महासंघ बेलायत अध्यक्ष जंग सुनुवार, महासमिति सदस्य विज्ञान प्रसाईं, रबि राई, समितिका पूर्व सभापतिहरु लोक गुरुङ र विनोद मोक्तान लगायतले कांग्रेसको मेलमिलाप नीतिबारे मन्तव्य राखेका थिए ।
अर्का महामन्त्री प्रवेश केसीले बीपी कोइरालाको सपना ‘हरेक नेपाली परिवारको एक घर होस्, एक हल गोरु होस् र जोत्ने खेत होस्’ भन्ने रहेको स्मरण गर्दै बीपीको त्यो सपना सार्थक हुन सकेमात्र नेपालीको जीवनस्तर उकासिने धारणा राखे । केसीले अल्डरसट क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट मे २०१९ को स्थानीय निर्वाचनमा काउन्सिलर पदमा उमेदवारी दिने सोच बनाइरहेको पनि जनाए ।
संस्थाकी सहमहामन्त्री रोमियन लिम्बुले सो कार्यक्रमको प्रतिवेदन संक्षेपमा तयार गर्ने जिम्मेवारी लिएकी थिइन् ।
स्वतन्त्र सेनानीहरु वीपी कोइराला, गणेशमानसिंह लगायत अन्य नेताहरु भारतको निर्वासित जीवनबाट नेपाल फर्किएर राष्ट्रिय एकता र प्रजातन्त्रको सुदृढीकरणका लागि शुरु गरेको ‘मेलमिलाप दिवस’ कांग्रेसले वर्षेनी मनाउंदै आएको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो