
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले अल्डरसटमा एक कार्यक्रमबीच मेलमिलाप दिवस मनाएको छ ।
कार्यक्रम समितिका सभापति युवराज गुरुङको अध्यक्षता र पूर्व सभासद नरेन्द्रकुमार कुमालको प्रमुख आतिथ्यमा भेटघाट रेष्टुरेन्टमा भएको हो ।
महामन्त्री सूर्य तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति महेशकुमार दाहालले स्वागत मन्तव्य दिएका थिए ।
उक्त अवसरमा प्रमुख अतिथी कुमालले नेपालको वर्तमान राजनीतिक अवस्था र मेलमिलाप नीतिबारे प्रकाश पारेका थिए । सल्लाहकारहरु डा. सम्पूर्णानन्द ढुंगाना, नरकुमारी लिम्बु र शिवजी श्रेष्ठ, किरण राई, आदिवासी जनजाती महासंघ बेलायत अध्यक्ष जंग सुनुवार, महासमिति सदस्य विज्ञान प्रसाईं, रबि राई, समितिका पूर्व सभापतिहरु लोक गुरुङ र विनोद मोक्तान लगायतले कांग्रेसको मेलमिलाप नीतिबारे मन्तव्य राखेका थिए ।
अर्का महामन्त्री प्रवेश केसीले बीपी कोइरालाको सपना ‘हरेक नेपाली परिवारको एक घर होस्, एक हल गोरु होस् र जोत्ने खेत होस्’ भन्ने रहेको स्मरण गर्दै बीपीको त्यो सपना सार्थक हुन सकेमात्र नेपालीको जीवनस्तर उकासिने धारणा राखे । केसीले अल्डरसट क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट मे २०१९ को स्थानीय निर्वाचनमा काउन्सिलर पदमा उमेदवारी दिने सोच बनाइरहेको पनि जनाए ।
संस्थाकी सहमहामन्त्री रोमियन लिम्बुले सो कार्यक्रमको प्रतिवेदन संक्षेपमा तयार गर्ने जिम्मेवारी लिएकी थिइन् ।
स्वतन्त्र सेनानीहरु वीपी कोइराला, गणेशमानसिंह लगायत अन्य नेताहरु भारतको निर्वासित जीवनबाट नेपाल फर्किएर राष्ट्रिय एकता र प्रजातन्त्रको सुदृढीकरणका लागि शुरु गरेको ‘मेलमिलाप दिवस’ कांग्रेसले वर्षेनी मनाउंदै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा