लन्डन । प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बेलायतवासी नेपालीलाई अब स्वदेश फर्कन आव्हान गरेका छन् । तमुधिं यूकेको १८ औं ‘फो ल्होछार कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गुरुङले बेलायतका नेपालीलाई ज्ञान, सीप, प्रविधि र लगानी आफूसाथ लिएर मातृभूमि फर्कन निम्तो दिएका हुन् ।
‘देश समृद्ध बनाउन भिख मागेर हुन्न । हिजो सामन्ती शासन व्यवस्था थियो, भिख माग्यौं । चीन, भारत, अमेरिका, संयुक्त राष्ट्रसंघलाई गुहारयौं । अब हामी आत्मनिर्भर हुनुपर्छ’, ल्होछार मान्न उपस्थित सयौं नेपालीमाझ मन्त्रीले पटक पटक दोहोरयाए, ‘तपाईंहरु रित्तै जाने होइन, आफ्नो सीप र लगानी लिएर जानुहोस् म यही निम्तो दिन आएको हुं ।’
प्रवासका नेपाली र विदेशी लगानीको ज्ञारेन्टी सरकारले गर्ने दावी गर्दै उनले भने, ‘नेपालमा लाख लगे करोड, करोड लगे अर्ब र अर्ब लगे खर्ब कमाइ हुने वातावरण बनेको छ । पहिले जस्तो लोडसेडिङ, बन्द हड्ताल, हिंसा कल्पना पनि गर्न सकिन्न । आउनुहोस् मिलेर देश समृद्ध बनाउं ।’
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायले आपसी सद्भाव, एकता, सहिष्णुता, सहकार्य र आपतविपतमा मातृभूमिलाई सहयोग गरिरहेको बताए । बेलायतमा नेपाली कला, संस्कृति, भाषा, परम्परा, संस्कार, सभ्यता संरक्षण र आर्थिक सहयोगमा तमुधिं यूकेको ठूलो भूमिका रहेको पनि राजदूतले उल्लेख गरे । ‘ल्होछार जस्ता राष्ट्रिय पर्वहरुले बेलायतमा पनि नेपाली धर्म, संस्कार, संस्कृति, पहिरन, परिकार, पर्व र परम्परा जीवन्त राख्न र नेपालीहरुबीच समझदारी, सद्भावना, सहकार्य र भ्रातृत्वपूर्ण एकता कायम गर्न मद्दत पुग्ने मेरो विश्वास छ’, उनले भने ।
३० डिसेम्बर सांझ रेडिङस्थित रिभरमिड लिजर कम्प्लेक्समा आयोजित ‘फो ल्होछार’ अवसरमा तमुधिं यूकेका नवनियुक्त अध्यक्ष नन्दजंग गुरुङले दशौं कार्यसमितिको कार्यभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ मातृशोकका कारण नेपालमा रहेकाले संस्थाका संस्थापक अध्यक्ष मीनप्रसाद तमुले नवनियुक्त अध्यक्षलाई नवौं कार्यसमितिको सम्पूर्ण कार्यभार र कागजात हस्तान्तरण गरेका थिए ।
बेलायतका तमुहरुले धार्मिक परम्परा अनुसार कुकुर वर्गको विदाइ र मृग वर्गको स्वागत गर्दै हर्षोल्लासका साथ ‘फो ल्होछार’ मनाए । तमुधिं यूकेले धार्मिक, सांस्कृतिक र डा. हर्क अवार्ड कार्यक्रम गरि ल्होछार मनाएको हो । ल्होछारमा सहभागी हुन लामा धर्म गुरु खेम्पो सन्तोष गुरुङ र लामा खुशीमान गुरुङ बेलायत आएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु टंक बुढाथोकी, गोविन गुरुङ, रुबी गौली, आंचल लामा लगायतले गायन प्रस्तुत गरे ।
उक्त अवसरमा तमुधिं यूकेका हालसम्मका ८ जना अध्यक्षको विचार, अनुभव तथा तमुधिं यूके इतिहास समेटिएको ‘निरन्तर नेतृत्व’ नामक पुस्तक र मुखपत्र ‘फ्रेंसी’ विमोचन समेत भयो ।
तस्विर मिलन तमु
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा