तमु समाज युकेले लन्डन हयारोमा भव्य रुपले मनायो ‘फो ल्होछार’


लन्डन । तमु समाज युकेले तमुहरुको महान पर्व फो ल्होछार-ल्होसार कार्यक्रम गत शनिबार २९ डिसेम्बर २०१८ मा लण्डनस्थित हयारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ । लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त वृहत तमु ल्होछार कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मेयर महमुद र समाजका अध्यक्ष शिव चन्द्र गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न फो ल्होछार औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव हर्क बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संयोजक कमल गुरुङले हेल्थ र सेफ्टी सम्बन्धी जानकारी दिए भने उपाध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी कार्यक्रममा सहभागी सबैलाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य दिए ।
कार्यक्रममा समाजका नयां आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो ।

मन्तब्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी मेयर महमुदले तमु समाज युकेले आयोजना गरेको विशाल ल्होछार कार्यक्रममा सहभागी हुन पाउंदा खुशी ब्यक्त गर्दै सांस्कृतिक विविधताको नमुना रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले समाजलाई आफ्नो मौलिक कला, पहिचान र संस्कृति जोगाउंदै सामाजिक सेवामा 
निरन्तर अगाडि बढिरहन आव्हान गरे ।

विशेष अतिथी बेलायती संसदका माननीय सांसद बीरेन्द्र शर्माले ल्होछार कार्यक्रममा तमु समाज युके विशिष्ट समाज सेवा सम्मान लाइफ टाइम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मानित हुन पाउंदा अत्यन्त हर्षित भए । सांसद शर्माले तमु समाज युकेका अध्यक्ष लगायत कार्यसमिति पदाधिकारी र सबै सदस्यहरुलाई आभार सहित ल्होछारको शुभकामना दिए ।

विगत जस्तै यस वर्षको फो ल्होछार कार्यक्रमको अवसरमा पनि शैक्षिक सत्र २०१८ मा स्नातक तथा स्नातकोत्तरमा सफलता प्राप्त विद्यार्थी, कलाकारहरु तथा विगत वर्षभर सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सामाजिक सेवा र विकासमा उल्लेख्य योगदान पुरयाउने महानुभावहरुलाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । सम्मान तथा प्रशंसापत्र वितरणमा प्रमुख अतिथी लण्डन बोरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुद, माननीय संसद बीरेन्द्र शर्मा, काउन्सिलर मोहमद बट र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष शिव कुमार गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन कुमार र आमा समूहकी अध्यक्ष बिन्दु गुरुङ सहभागी भएका थिए ।

त्यसैगरी समाजको स्थापनाकाल देखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर सामाजिक जीवनको विभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, सम्बर्धन र विकास गर्नका निम्ति अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ता तमु समाज युकेका निवर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, निवतर्मान आमा समूहका अध्यक्ष माया गुरुङ र बेलायती पार्लियामेन्टका माननीय सांसद बीरेन्द्र शर्मालाई तमु समाज युके विशिष्ठ समाज सेवा सम्मान लाइफ टाइम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मान गरिएको थियो । सम्मानित तीन ब्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथी लण्डन बरो अफ ब्रेन्टका मेयर अर्शाद महमुद, समाजका अध्यक्ष शिव चन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले विशिष्ट सम्मानपत्रसहित फेटा र खादा लगाई सम्मान गरे । सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर 
गुरुङ र पूर्व अध्यक्ष शिवशरण गुरुङले पनि सहयोग गरेका थिए ।

त्यसैगरि तमु समाज युकेले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्रबाट सम्मान गरेको छ । यस वर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार यम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ, आमा समूहकी निवर्तमान उपाध्यक्ष पुष्पा गुरुङ, सह संयोजक जीवन गुरुङ, आजीवन सदस्य निरज गुरुङ, सुश्री सुबिन गुरुङ, गोर्खा मेडिया इन्फरमेसन म्यानेजमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक पूर्ण गुरुङ, वी नेपाली डट कमका प्रधान सम्पादक पत्रकार नवीन पोखरेल र सहारा युकेका पूर्व अध्यक्ष दिलिप कुमार गुरुङलाई सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा सांस्कृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको साथै विभिन्न स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षण तमु समाज युकेको आमा समूह, युवा समूह लगायत कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक सञ्जय गुरुङको गीत प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए ।

उक्त सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी तमु समाज युकेका सांस्कृतिक सचिव तथा तमु चलचित्र नायिका सरु गुरुङ राना र ब्यवस्थापन आमा समूहका अध्यक्ष बिन्दु घलेले गरे थिए भने कार्यक्रम सञ्चालन निरज गुरुङ र स्वस्ती गुरुङले गरेका थिए ।

कार्यक्रममा एभरेष्ट ल फार्मका सोलिसिटर राजु थापालाई तमु समाज युके कम्युनिटी सर्भिस एवार्ड प्रदान गरेको थियो । त्यसैगरि कार्यक्रममा चर्चित लोक गायक सन्जय गुरुङ, फोटो पत्रकार मिलन गुरुङ, भिडियोग्राफर बिसन गुरुङ, मिसेस युके नेपाल (२०१७ आस्था जोशी र मगर संघ वेम्बलीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा माननीय सांसद बीरेन्द्र शर्मा, ब्रेन्ट काउन्सिलका लिडर मोहमद बट लगायत अतिथिका रुपमा ब्रेन्ट काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर भगवानजी चौहान, काउन्सिलर क्रुपा सेठ, काउन्सिलर त्रुप्ति संगानी, काउन्सिलर सकिब बट, गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर रि. खुशीमान गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापा, तनहुं समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, लमजुङ जिल्ला समाज युकेका अध्यक्ष बोहत गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मन्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, किरात राई यायोख्याका अध्यक्ष कल्पना राई, यती नेपाली एसोसिएसन यूके अध्यक्ष शशी नेपाल, बेजिङस्टोक गुरुङ समाजका अध्यक्ष ओम गुरुङ, मेन्दोमाया समाज युकेका अध्यक्ष हरिसिङ गुरुङ, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी मगर, गोर्खा जिल्ला समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगर, पर्वत वेलफेयर सोसाइटीका युकेका अध्यक्ष नेत्र आले, साहारा युकेका अध्यक्ष कुमार गुरुङ, सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङ, श्री पञ्चकोशी आर्थर डांडा खर्क समाज युके तथा थाउजन्ड बुद्ध युकेका अध्यक्ष मेजर रि. समुन्द्र गुरुङ, मगर संघ वेम्बली युकेका अध्यक्ष पूर्ण राना, तमु कलाकार 
सांस्कृतिक मञ्च युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष चोक बहादुर तामाङ, राङजुङ येसे ओडियाना युके सिआईओ केन्द्रका अध्यक्ष क्याप्टेन रि. जीवन कुमार गुरुङ, पिपल मोर्गेजका प्रवन्ध निर्देशक सूर्य गुरुङ, आइएमइ लन्डनका निर्देशक कमल पौडेल, नेपलिज एकाउन्ट एसोसिएसन युकेका अध्यक्ष सरोज सापकोटा, लिबरल डेमोक्रेटिकका स्थानीय प्रवक्ता पउल लोरबर, किरांत राई यायोख्या लन्डनका अध्यक्ष रोम मुकारुङ, एभरेष्ट ल फर्मका सोलिसिटर राजु थापा, ए स्टार फाईनान्सियल सोलुसन युकेका निर्देशक मिन दर्लामी, लन्डन फेशन हाउसकी प्रोपाइटर मनिषा डंगोल, वी नेपाली डटकमका प्रधान सम्पादक नबीन पोखरेल, एभरेष्ट टाइम्सका सम्पादक हरि काजी गुरुङ, गोर्खा मिडिया इन्फरमेसन म्यानेजमेन्ट लिमिटेडका निर्देशक पूर्ण गुरुङ, तमु पे ल्हु संघ युकेका प्रमुख सल्लाहकार लेप्टेनेन्ट रि. मदन गुरुङ, पुन समाज युकेका उपाध्यक्ष केस माया पुन, गुरुङ सोसाइटी केन्टका महासचिव गोलमान गुरुङ, तामाङ समाज युकेका पूर्व अध्यक्ष दिपक गोले, घोताने गुरुङ समाज युकेका महासचिव इन्द्र गुरुङ, कोसोभो समाज युकेका उपाध्यक्ष अम्बर गुरुङ, पन्चासे समाज युकेका उपाध्यक्ष खुशीमान गुरुङ, गोर्खा नेपलिज वेलफेयर सोसाइटी युकेका उपाध्यक्ष रुद्र श्रेष्ठ, दुरलुङ समाज युकेका उपाध्यक्ष हर्क बहादुर गुरुङ, कोडेक युकेका उपाध्यक्ष रुकमिणी श्रेष्ठ थापा, चित्रेली तमु समाज युकेका अध्यक्ष हितमान गुरुङ, लमजुङ दरबार परिवार युकेका अध्यक्ष ज्ञान बहादुर गुरुङ, तामाङ समाज युकेका पूर्व अध्यक्ष दिपक गोले, तमुधिं एसोसिएसन युकेका पूर्व अध्यक्ष सुवसिङ गुरुङ बिइएम, यती नेपाली एसोसिएसन युकेका पूर्ब अध्यक्ष उमेश राज मोक्तान, साहारा युकेका पूर्ब अध्यक्ष मिन गुरुङ, पर्वत वेलफेयर सोसाइटीका युकेका पूर्व अध्यक्ष ददी आचार्य, ठांटी समाज युकेका प्रतिनिधि नवीन लामा, समाजसेविका मन्जु गुरुङ, मिसेस नेपाल युके- २०१८ बिनु लामिछाने लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रम भब्यरुपमा सम्पन्न गर्नका निम्ति समाजका सल्लाहकाहरु, कार्यसमितिका पदाधिकारीहरु, आजिवन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूहका साथै समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, विमला गुरुङ, उदय गुरुङ, ज्ञान बहादुर गुरुङ, केदार बहादुर गुरुङ, रितु गुरुङ, सिदार्थ गुरुङ गौरब गुरुङ, बुद्धि सारु मगर, निलिमा थापा गुरुङ, दिया लिम्बु, समिक्षा राना, सन्दिप राना, प्रजु गुरुङ, ओसेन राना, सुबिना घलेलाई धन्यबाद ब्यक्त गर्दै खादा र कदरपत्र बाट सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सबै सहभागी चांद म्यूजिक वल्डको डिजेमा नाचेर भरपुर मनोरन्जन लिए । कार्यक्रममा ओमकार गुरुङ र मिलन गुरुङले फोटोग्राफी जिम्मा लिएका थिए भने भिडियोग्राफी बीबीएम वल्ड टिभीका बिसन गुरुङ, खाना र पेयपदार्थ ब्यवस्थापन ड्रागोन प्यालेस रेष्टुरेन्टका प्रोपाइटर जुम काजी गुरुङ तथा केदार बहादुर गुरुङ र साउण्ड सिस्टम चांद लामाले ब्यवस्थापन गरेका थिए ।
ल्होछार कार्यक्रमपछि आइतबार ३० डिसेम्बर २०१८ दिउसो पूजा कार्यक्रम संयोजक तथा सल्लाहकार इमान घले र आमा समूहकी अध्यक्ष बिन्दु घलेको संयोजनमा तमु समाज युके फो ल्होछार पूजा तथा ग्रह शान्ति गरियो । कार्यक्रम देवाचन बुद्धिष्ट सेन्टरका प्रमुख लामा धरम गुरुङ, लामा करन बहादुर गुरुङ र लामा राम गुरुङबाट तमु समाज युके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्लीमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री