लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसटमा खरिद गर्न लागिएको शिव मन्दिर भवनका लागि १३ हजार २७ पाउन्ड चन्दा दिएका छन्।
यो नै आजसम्मको ठूलो र नगद रकम भएको मन्दिर निर्माणमा जुटिरहेको शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरले जनाएको छ ।
शिवका भक्त लामिछानेले भविष्यमा पनि शिव मुर्ति र आवश्यक परे अझै सहयोग गर्ने वचन दिएको सेन्टर सल्लाहकार भिम बानियाले जानकारी दिए ।
लामिछानेले यसअघि पनि बेलायत र नेपालमा शिक्षा तथा धार्मिक कार्यमा हजारौं पाउण्ड सहयोग गरिसकेका छन् ।
सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन जनवरी ४ तारिख देखि ३ दिने श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन गर्ने भएको छ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा उक्त आध्यात्मिक महोत्सव हुन लागेको हो ।
सेन्टरले खरिद गर्न लागेको भवनको मुल्य तीन लाख पाउन्ड छ । सेन्टरका अध्यक्ष रोहित कुमार गुरुङका अनुसार, हालसम्म संस्थाले नगद करिब १ लाख ८५ हजार पाउण्ड जम्मा गरिसकेको छ । उठ्न बांकी प्रतिवद्धता रकम करिब ७२ हजार पाउण्ड छ ।
सेन्टरले प्रतिवद्धता रकम उठ्यो र मनकारी श्रद्धालु भक्तजनहरुले थप सहयोग गरे ‘मोर्गेज फ्री’ नै हुने विश्वास ब्यक्त गर्दै समस्त बेलायतवासी नेपालीमा सहयोग अपिल गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा