रुपन्देही, १४ पुस – लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ ।
गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो ।
सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गर्नुभएको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले एक हजार १५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विभाजन गरेको छ । गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना अझै बाँकी छन् ।
छ वटा डोम आकारका भवन, पानी, विद्युत्, टेलिकम्युनिकेसन, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । कोषले बाँकी काम सक्न अझै रु छ अर्ब बजेट खर्च हुने बताएको छ । यहाँ हालसम्म रु छ अर्ब खर्च भइसकेको छ ।
ग्लोबल बोलपत्र अघि बाँकी आयोजनाको योजना, डिजाइन र स्टिमेटका साथै निर्माण अवधिभर सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न सूचना जारी गरिसकेको छ । तीन महीनाभित्र परामर्शदाताले गर्ने डिजाइन र स्टिमेटका आधारमा तीन वर्षभित्र सबै काम सक्ने गरी ग्लोबल बोलपत्र गर्ने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताउनुभयो ।
१० वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको लुम्बिनी अहिले घुम्न लायक पवित्रस्थलको रुपमा विकास भइसकेको छ । यो वर्ष स्वदेशी तथा विदेशीसहित करीब १७ लाखले लुम्बिनी भ्रमण गरेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय