
बंगलादेश अवामी लिग पार्टीका एक समर्थक बिहीबार ढाकामा आयोजित चुनावी रयालीमा प्रधानमन्त्री सेख हसिनाको बडेमानको तस्विर बोकेर सहभागी हुदै । तस्विर- एपी
ढाका, १३ पुस – बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् ।
आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् ।
विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो ।
दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गर्नुभएको थियो ।
बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहनु भएको छ । उहाँले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताउनुभएको छ ।
बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताउनुभएको छ ।
बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त केएम नुरुल हुदासँग भएको वार्ताको क्रममा मिलरले सो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ ।
उहाँले प्रमुख निर्वाचन आयुक्तसँगको भेटका क्रममा यहाँका प्रमुख विपक्षी दलका कार्यकर्ताहरूलाई तारो बनाइएको र निर्वाचनका क्रममा पनि उनीहरूमाथि हिंसा हुनसक्ने अमेरिकी चासो आफूले उठाएको बताउनुभएको थियो ।
गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहको छन् । निर्वाचनको दिनमा सुरक्षा व्यवस्थाको विषयमा पनि मिलरले प्रमुख आयुक्तलाई प्रश्न गर्नुभएको बताइएको छ ।
अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गर्नुभएको छ ।
उता जेलमा रहेकी विपक्षी नेत्री खालेदा जियाले वर्तमान सरकारले गराउन लागेको यस आमनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला भन्नेमा आफ्नो विश्वास नरहेको बताउनुभएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै