काठमाडौँ, ११ पुस – सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।
बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ ।
नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ । अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने क्रम शुरु भएको छ ।
आजैको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्नु हुने कार्यसूची छ ।
नेकपाले हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका खेल्ने

नेकपाको संसदीय दलको बुधबार बानेश्वरमा बसेको बैठकमा सहभागी नेतृत्वसहितका नेताहरू । तस्वीर – रत्न श्रेष्ठ, काठमाडौँ, रासस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।
बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिनुभएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । बैठकले दलको विधान समेत पारित गरेको उहाँले बताउनुभयो । सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक