काठमाडौँ, १० पुस – महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ ।
प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो । सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेश भएकाले पहिलो चरणको काम थालिएको सिंहले बताउनुभयो ।
उहाँकै संयोजकत्वमा स्थान पहिचान समितिको बैठक सोमबार बसेको थियो । बैठकमा तत्कालै १०० स्थानमा क्यामरा राख्नुपर्ने देखिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिवेदन दिएको थियो तर बजेट अभावका कारण पहिलोचरणमा ७५ स्थानमा क्यामरा थप्न लागिएको हो । क्यामरा जडान गर्न बोलपत्र आह्वान प्रक्रिया थालिएको छ । जसअन्तर्गत काठमाडौँमा २२, ललितपुरमा ३९ र भक्तपुरमा १४ वटा क्यामरा थप हुनेछ । नयाँ राख्न लागिएका क्यामरामध्ये आकासे पुल भएको स्थानमा स्थायी र अन्य चोकमा भने घुम्ने क्यामरा जडान गरिने जनाइएको छ ।
हाल उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् । अहिले रहेका क्यामरा उपत्यकाका लागि अत्यन्त न्यून हो । स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रको पहिचान गरी क्यामरा थप्ने महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषी पत्ता लगाउन सिसी क्यामराको महत्वपूर्ण सहयोग हुने भएकाले उपत्यकालाई नै निगरानी गर्ने गरी क्यामरा थप्ने प्रयास जारी छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता