बिहीबार, माघ ६ २०७८ | Thu, January 20, 2022
नेपालको समय: २२:२७ | UK Time: 16:42

काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश

रासस
२०७५ पुष ७ गते १७:०८

काठमाडौँ, ७ पुस – नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।

विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँड्ने कामसमेत जारी रहेको जानकारी दिनुभयो । प्रस्ताव प्रस्तुत भएसँगै आजैदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ । महासमिति सदस्यहरुले राख्नुभएको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ ।

गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ । केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक