दाङ बस दुर्घटनामा मृतक सबै २३ को सनाखत

शुक्रबार दाङमा बस दुर्घटना हुँदा चन्दननाथ नगरपालिका– ६ जुम्लाका १६ बर्षीया कुशुम रावलसहित ११ जना मृत्यु भयो । ११ जनामध्ये आठ जनाको जुम्ला विमालस्थलमा मृतकका आफन्त शव बुझदै । तस्वीर – मानदत्त रावल, जुम्ला, रासस

दाङ, ७ पुस – तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ ।

सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का २१ वर्षीय कविता खत्री, दङ्गीशरण गाउँपालिका–१ का २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन् ।

दुर्घटनामा जुम्लाका मात्रै ११ जनाको मृत्यु भएको छ । जसमा चन्दननाथ नगरपालिका–६ का १६ वर्षीया कुशुम रावल, चन्दननाथ–३ का १७ वर्षीय हिक्मत बोहरा, कन्का सुन्दर गाउँपालिका–५ का २० वर्षीय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ का १७ वर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ वर्षीय रुपेश शाही, चन्दननाथ–१४ का १७ वर्षीय रिपेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जङ्गबहादुर विक, चन्दननाथ–३ का १८ वर्षीय अर्जुन शाही, चन्दननाथ–१० का बिपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका–६ का २८ वर्षीय नरेश वली, डोल्पा जग्दुला–७ का १६ वर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगङ्गा नगरपालिका–४ का १७ वर्षीय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका–५ का १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी र बाजुरा बुढिगङ्गा–१० का लोकेन्द्र रावलको दुर्घटनामा मृत्यु भएको हो । मृतकमध्ये छ जना जुम्लाका र एक जना डोल्पाका गरी आठ जनाको शवलाई आज नेपाली सेनाको हेलिकोप्टबाट जुम्ला लगिएको छ । त्यसैगरी बाजुरा र बझाङका दुईको शव राप्ती अञ्चल अस्पतालमा नै राखिएको छ भने अन्य बाँकी शव आज नै आफन्तले बुझिसकेका छन् ।

घाइते सबैलाई आज नै कोहलपुर मेडिकल कलेजबाट थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।

शोकमा एकदिन विद्यालय बन्द

बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द गरिने भएका छन् ।

तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएकोप्रति दुःख ब्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाको आज बसेको बैठकले आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

दुर्घटनामा परि विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज बिश्वकर्माले जानकारी दिनुभयो । बैठकले यस क्षेत्रका निजी, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।

दुर्घटनाप्रति एन प्याब्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख छ । विज्ञप्तिमा दुर्घटनामा परि मृत्यु भएका शिक्षालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । दुर्घटनामा घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै एन प्याब्सन प्रदेश नम्वर ५ ले समेत बिज्ञप्ति जारि गरि शोक ब्यक्त गरेको छ ।

कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री