तेह्रथुम, ५ पुस – तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पुरयाउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।
निःशुल्क आँखा शिविर
आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बुधबार २९४ जनाको आँखा जाँच गरिएको थियो ।
शिविरमा २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको रेडक्रसका कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा मनिष पाण्डे नेतृत्वको टोलीले निःशुल्क आँखा जाँच, परामर्श, औषधि वितरण, चश्मा वितरण तथा शल्यक्रियाको काम गरिरहेको छ ।
यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि यही पुस ८, ९ र १० गते शिविर सञ्चालन गर्ने तयारी रहेको रेडक्रसका मन्त्री गजेन्द्र कन्दङवाले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा