काठमाडौँ, ५ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।
गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८.३० बजे आरम्भ भई ११.१५ बजेसम्म सञ्चालन भएको थियो । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कूल ३४ जनाले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक शुक्रबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौँमा शुरु हुने गरी स्थगित भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम