
नेका सभापति शेरबहादुर देउवा नेपाली काँग्रेसको महासमिति बैठकमा सहभागी हुन बिहीबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपा परिसरमा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ५ पुस – नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ ।
लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा आज बिहानदेखि छलफल जारी छ ।
शीर्ष नेतृत्वले यसअघि विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समिति हुने सहमति भएको थियो ।
बिहीबार यसअघिको सहमतिबाहेक एक उपसभापति सभापतिबाट मनोनीत हुनुपर्ने र सहमहामन्त्रीको सङ्ख्या सात पु¥याइ समावेशीताका ‘क्लष्टर’ राख्नुपर्ने प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेको छैन । पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले सहमति हुन नसकेको विषय मिलाउन शीर्ष नेताबीचको प्रयास जारी रहेको जानकारी दिँदै सहमतिपश्चात् आजै केन्द्रीय समिति बैठक बसेर विधान मस्यौदा प्रतिवेदन पारित गरिने बताउनुभयो ।
केन्द्रीय समितिबाट पारित विधान मस्यौदा प्रतिवेदन आज रातभरिमा छापेर शुक्रबारको महासमिति बैठकमा पेश गर्ने काङ्ग्रेसको तयारी छ । काङ्ग्रेसमा संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा तर्क गर्दै आएको छ ।
महासमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा
काङ्ग्रेस महासमिति बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । गत मङ्सिर २९ गतेदेखि जारी महासमिति बैठक बुधबारसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा हुँदै आएको थियो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल सारिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताउनुभयो । गत मङ्सिर २९ गतेदेखि शुरु महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन दिन लम्बिएको छ । बैठक पुस ६ गतेसम्म चल्ने उहाँले बताउनुभयो ।
आज बिहानदेखि शुरु हुने भनिएको महासमिति बैठक शीर्ष नेता विधान मस्यौदामा सहमति खोज्न व्यस्त भएपछि साँझ मात्र बसेको थियो । बैठकमा महासमिति सदस्यले विभिन्न विषयका प्रतिवेदन, पार्टीका आगामी कार्ययोजना, सरकारका काम कारवाहीलगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि पनि मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भए पनि प्रतिवेदन पारित हुन सकेको थिएन ।
काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन