काठमाडौं, ५ पुस – नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच आज भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो । मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो । मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पुरयाएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गर्नुभयो । भेटका अवसरमा नेपाल र फ्रान्स बीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा