काठमाडौं, ५ पुस – नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच आज भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो । मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो । मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पुरयाएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गर्नुभयो । भेटका अवसरमा नेपाल र फ्रान्स बीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने