बुधबार, माघ ५ २०७८ | Wed, January 19, 2022
नेपालको समय: ०३:३४ | UK Time: 21:49

ठेकेदार भागे, तलव नपाएका मेलम्ची कर्मचारी आन्दोलित

रासस
२०७५ पुष ४ गते २३:४३

मेलम्ची, ४ पुस – मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् ।

तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक