लन्डन । पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथनका लागि बेलायतवासी नेपालीले १५ लाख रुपैंया सहयोग गरेका छन् । भूपू खेलाडी मञ्च पोखराले फागुन ७ गते पोखरामा गर्न लागेको ’१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगार्थ शुक्रबार सांझ अल्डरसटमा च्यारिटी डिनर गरि उक्त रकम जुटाइएको हो ।
म्याराथनको इन्टरनेशनल पार्टनर पोखरेली मञ्च यूकेले गरेको च्यारिटी डिनरमा एनआरएनए यूके र केन्द्रिय पदाधिकारी, तमुधिं यूके, सहारा यूके लगायत संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए । एनआरएनए आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले पनि सहयोग गरे । च्यारिटीमा कुमार पन्तले सबैभन्दा बढि ५ सय पाउण्ड सहयोग गरेका थिए ।
सो अवसरमा व्यक्तिगत चन्दाबाहेक एनआरएनए यूकेले सदस्य तथा संरक्षकहरुबाट उठाएको एक हजार पाउण्डको चेक प्रदान गरयो । उपाध्यक्ष पुनम गुरुङको संयोजकत्वमा उक्त सहयोग संकलन गरिएको थियो । त्यसैगरि, सहारा यूकेले सदस्यहरुबाट उठाएको ८६३ पाउण्ड र तमुधिं यूकेले संस्थाको तर्फबाट ५० हजार रुपैयांको चेक प्रदान गरयो । धम्पुस समाज यूकेले तीनसय पाउण्ड सहयोग गरेको थियो ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले सहयोगदाताप्रति आभार व्यक्त गरे ।
करिब अढाइ सय सहभागी उक्त कार्यक्रम एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै फगामीले बेलायतवासी नेपाली मातृभूमिलाई सेवा गर्न सधैं उत्सुक हुने उल्लेख गरे । कार्यक्रममा च्यारिटी संयोजक कमल गुरुङले स्वागत मन्तव्य र बाचस्पति रेग्मीले ‘हेल्थ एण्ड सेफ्टी’ बारे बताए ।
सल्लाहकार महेश गुरुङले पोखरा म्याराथन र यसको इतिहासबारे अवगत गराए । उनले म्याराथनलाई एनआरएनए आइसीसीले समेत सहयोग गरेको र पोखरा रंगशालाको पर्खाल निर्माणमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजकत्वमा बेलायतबाट ५० लाख रुपैयां बढि खर्च पठाइएको पनि स्मरण गरे ।
मञ्चका महासचिव मोहन थापाले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा म्याराथनमा दौडन बेलायतबाट जान लागेका चारमध्ये प्रमुख नेतृत्वकर्ता लेफटीनेन्ट चन्द्र गुरुङले दौडको रुट र भ्रमणबारे जानकारी दिए ।
दोश्रो सत्रमा सांस्कृतिक प्रस्तुति थियो जसको सञ्चालन पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङले गरेका थिए । दोश्रो सत्रमा गायक गायिकाहरु शर्मिला बर्देवा, रबिन श्रेष्ठ, आंचल लामा, देव गुरुङ, श्री गुरुङ, भोजेन्द्र गुरुङले गायन प्रस्तुत गरे । रिसल ब्रदर्श नामक व्याण्डले पनि लाइभ संगीत प्रस्तुत गरेको थियो । कलाकारहरुको संयोजन मधु गुरुङले गरेकी थिइन् ।
च्यारिटी डिनरमा खेलाइएको ‘राफल ड्र’ का लागि पहिलो पुरस्कार तमुधिं यूके नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, दोश्रो पुरस्कार गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरो, तेश्रो पुरस्कार सपना होम्स रेडिङका करम गुरुङ र हरिमाया गुरुङ, चौंथो पुरस्कार न्यू गोर्खा इन रेष्टुरेन्ट ब्रेकनका मेजर खुशीमान गुरुङ र मन्जु गुरुङले एवं पांचौं पुरस्कार अम्बिका खड्काले प्रायोजन गरेका थिए ।
तस्विर- मिलन तमु
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा