काठमाडौँ, २९ मङ्सिर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उहाँले नयाँनयाँ राजमार्ग निर्माणको कामको पनि थालनी गरिएको बताउँदै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ-असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उहाँले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गर्नुभयो । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।”
आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय