काठमाडौँ, २७ मङ्सिर (रासस) – नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औं बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ ।
सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो ।
बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन दुवै मुलुकले निकट सम्पर्कमा रहेर विचार आदानप्रदान गर्दै सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण, व्यापार लगानी र ऊर्जाजस्ता पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्नेमा विशेष जोड दिइएको छ ।
विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र चीनले सहमति जनाउनुका साथै आपसीहितका निम्ति उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा उहाँहरुबीच विमर्श भएको थियो ।
नेपाल–चीन सहायताका सन्दर्भमा नेपाली पक्षले आफ्ना प्राथमिकताबारे चीनलाई अवगत गराएको र त्यसैक्रममा दुवै देशले साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा छलफल गरेका थिए ।
बैठकमा चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थियो । त्यसअघि चीनका स्टेट काउन्सिलर वाङ यीसँग सचिव वैरागीले शिष्टाचार भेट गरी द्विपक्षीयहित र चासोका विविध विषयमा परामर्श गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्साल तथा अन्य सरकारी अधिकारीको सहभागिता थियो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक