काठमाडौँ, २५ मङ्सिर – ऊर्जा उद्यमीले लामो समयदेखि माग गर्दै आएको ‘टेक अर पे’ अवधारणाअनुसार विद्युत् खरिद सम्झौता हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले व्यवसायीको मागबमोजिम विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको हो । आजको बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको थियो । बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने भएको छ ।
गत वैशाख २५ गते मन्त्री पुनले जारी गर्नुभएको श्वेतपत्रको आधारमा आगामी दश वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउ
पुरयाउने लक्ष्यका साथ उक्त निर्णय गरिएको मन्त्री पुनको सचिवालयले जनाएको छ । आर्थिक वर्ष २०८४-८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै पाँच हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता निर्णय भएको हो ।
मन्त्रालयमा बसेको बैठकले यसअघि प्राधिकरणले ‘टेक एण्ड पे’मा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ । बैठकले चार हजार ५०० मेगावाटसम्मका अर्ध जलाशययुक्त प्रकृतिका आयोजनाको पनि विद्युत् खरिद सम्झौता टेक अर पेमा गर्ने निर्णय अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको छ । निजी ऊर्जा प्रवद्र्धकले लामो समयदेखि टेक अर पे मा विद्युत् खरिद सम्झौता गर्न माग गर्दै आएका थिए । टेक अर पेमा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोध भर्नाका लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ ।
सो सम्झौताको प्रावधान राखिएपछि निजी ऊर्जा प्रवद्र्धकले विद्युत् आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयको विश्वास छ । प्राधिकरणले पछिल्लो समयमा विद्युत् सम्झौता गरेका अधिकाँश आयोजनामा टेक एण्ड पे मा गर्दै आएका थिए । त्यस्तो सम्झौता गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी नगर्ने र विद्युत् बिक्रीसमेत नहुने हो कि भन्ने गुनासो ऊर्जा उद्यमीको थियो । सो गुनासोलाई समेत आजको निर्णयले सम्बोधन गर्ने मन्त्रालयको विश्वास रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले प्राधिकरणले पछिल्लो पटक गरेको निर्णयको स्वागत गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले लामो समयदेखि ऊर्जा उद्यमीले माग गर्दै आएको विषयलाई आजको निर्णयले सम्बोधन गरेको र त्यसले सरकारले घोषणा गरेको लक्ष्यलाई पूरा गर्न सकारात्मक वातावरण बनाएको प्रतिक्रिया दिनुभयो । करीब एक हजार ५०० मेगावाट क्षमताका आयोजना सम्झौताको प्रतिक्षामा रहेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय