लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले आपतकालिन राहत कोषका लागि करिब २२ हजार तीन सय पाउण्ड संकलन गरेको छ ।
चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित ‘क्याट यूके’ ले आइतबार साउथ ह्यारोमा च्यारिटी गरि आपतकालिन राहत कोषमा रकम जम्मा गरेको हो । उक्त कोषमा रकम आउने क्रम जारी रहेको च्यारिटी कार्यक्रम संयोजक शान्तविनोद लामिछानेले जनाए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्यले क्याट यूकेले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा एक दशकमा क्याट यूकेले धेरै उल्लेखनीय काम गरेको जनाए । उपाध्यक्ष आचार्यले गैरआवासीय नेपालीले अब मातृभूमिमा लगानी गर्नुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङले क्याट यूकेले आपतविपतमा नेपालीलाई सहयोग गरेको बताइन् । अर्का उपाध्यक्ष शेर सुनवारले समाजसेवा मानवीय कार्य भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
क्याट यूकेका उपसभापति यादव श्रेष्ठले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिबारे जानकारी दिए । हाल बेलायत भ्रमणमा रहेकी शिक्षिका गायत्री श्रेष्ठले आफ्ना विद्यार्थीको प्रगति देखेर छाती नाङलो जत्रो भएको बताइन् । उनले चितवन साहित्य परिषद्मा क्याट यूकेले गरेको कामको उच्च मुल्याङकन गर्दै अध्यक्ष देवेन्द्र श्रेष्ठलाई प्रशंसा पत्र समेत दिइन् ।

क्याट यूकेका सल्लाहकार तथा च्यारिटी संयोजक शान्ताविनोद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा क्याट यूकेकी सदस्य भगवती रानाभाटले स्वागत मन्तव्य राखेकी थिइन् । च्यारिटी संयोजक लामिछानेले स्टेजमा बोलाउंदै रकम घोषणा गर्न लगाएका थिए । सो क्रममा सबैभन्दा बढि चितवनकै व्यवसायी तथा समाजसेवी राजु आचार्यले एक हजार एक सय ११ पाउण्ड सहयोग घोषणा गरेका थिए ।
यसैबीच, कार्यक्रममा हांस्यव्यंग्य कलाकार मनोज गजुरेल र सरिता गुरुङ श्रेष्ठलगायतले आफ्नो कलामार्फत उपस्थित दर्शकलाई मनोरन्जन गराए ।
तस्विर- नेपाल संसार
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप