प्रा. सुवेदीलाई चीनको नियुक्ति

लन्डन । प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) लाई चीनको अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार मध्यस्थता आयोगले अन्तर्राष्ट्रिय लगानी तथा व्यापार कानून सम्बन्धि विवाद निरुपण गर्ने मध्यस्थता प्यानलमा नियुक्त गरेको छ ।

प्रा. सुवेदी अन्तर्राष्ट्रिय लगानी र व्यापार कानून सम्बन्धि विशेषज्ञका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित छन् । उनको अन्तर्राष्ट्रिय लगानी कानून सम्बन्धि बेलायतबाट प्रकाशित एक ग्रन्थ दुई वर्षअघि चीनका एक अन्तर्राष्ट्रिय कानूनका प्राध्यापकले अनुवाद गरि चीनको सबैभन्दा प्रतिष्ठित प्रकाशन गृहले प्रकाशन गरेको थियो । यसले प्राध्यापक सुवेदीलाई चीनको अन्तर्राष्ट्रिय कानूनी क्षेत्रमा प्रवेश गराएको थियो ।

प्रा. सुवेदीले यस अघि जेनेभास्थित डाभोस फोरम भनेर चिनिने विश्व आर्थिक मञ्चको अन्तर्राष्ट्रिय लगानी नीति र कानून सम्बन्धि कार्यदलको सदस्य भएर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री