काठमाडौँ- ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिनुभयो ।
“शनिबार बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा आठ जनाले उडान भर्न मिल्छ”, उहाँले भन्नुभयो । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उहाँको भनाइ छ । बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालीम शुरु गरिने महर्जनले जानकारी दिनुभयो । प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडान गर्नेछ । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय