नर्सिङ एसोसिएसन अधिवेशन 
संघारमा, अधिवेशन अघि अन्तिम तयारी बैठक


लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूके अधिवेशनको 
संघारमा छ । आगामी नोभेम्बर २४ तारिख लन्डनमा तय भएको उक्त अधिवेशनले १५ सदस्यीय नयां कार्यसमिति चयन 
गर्ने हुंदा नयां नेतृत्वमा को आउला भन्ने चासो आमसमुदायमा छ ।

अधिवेशन अघि एसोसिएसनको वर्तमान कार्यसमितिको अन्तिम बैठक डाकिएको छ । उक्त बैठक आगामी २७ अक्टोबर बिहान साढे ११ बजे हिमालयन क्लब सडबरीमा हुनेछ । बैठक अधिवेशन तयारी र संस्थाको छैठौं कार्यसमितिका लागि हुने निर्वाचन सम्बन्धमा छलफल गरिने अध्यक्ष प्रसुना कंडेलले जनाइन् ।

अध्यक्ष प्रसुना कंडेलका अनुसार, एसोसिएसनले नयां कार्यसमिति निर्वाचनका लागि संस्थापक अध्यक्ष अजिता सिम्खडाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा पूर्व अध्यक्षद्वय बासु लामिछाने र सुशिला कार्की तथा सल्लाहकारहरु मन सुनुवार र कमला पाण्डे सदस्य छन् । निर्वाचन कार्यक्रम पनि तय भइसकेको छ । जसअनुसार नयां सदस्यता लिन तथा नवीकरण गर्न नोभेम्बर १० सम्मको समयसीमा तोकिएको छ । नोभेम्बर ११ देखि १८ तारिखसम्म उम्मेदवारी दर्ताको समय छुटयाइएको छ । २१ तारिखसम्म उम्मेदवारी फिर्ता र सोहि दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने एसोसिएसनले जनाएको छ ।

संस्थापक अध्यक्ष अजिता सिम्खडा संस्थाबारे लेख्छिन्-
बेलायतमा कार्यरत नेपाली नर्सहरु र नर्सिङ अध्ययनरत विद्यार्थीको पेशागत हक हित एवं सामाजिक काम गर्ने उद्देश्यले स्थापित यस संस्था स्थापना भएको एक दशक अर्थात १० वर्ष पुरा भएको छ । वाटफोर्डको एउटा सानो रेस्टुरेन्टमा केही नेपाली नर्स भेला भएर खोलिएको संस्था अहिले बेलायतमा एक नमुना संस्थाका रुपमा परिचित भएको छ । यो सफल एक दशकलाई हार्दिक बधाई दिन चाहन्छौं । संस्थाको सफलताको पछाडि हरेक नर्स, शुभचिन्तक, प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नु हुने हरेक व्यक्ति, संस्थालाई धन्यवाद दिन चाहन्छौं । संस्थाको हितका लागि अहोरात्र खट्ने सम्पूर्ण नर्सहरुलाई हार्दिक आभार ।

आज कर्मथलोमा आफ्नो कार्यव्यस्तता बाबजुत समुदायमा स्वास्थ्य क्याम्प, स्वास्थ्य चेतना, मातृभूमिमा भूकम्प जस्ता दैवी आपत्तिमा सहयोग देखि जुम्लामा वर्थिङ सेन्टर स्थापना गर्न हामी सफल भएका छौं । यो संस्थाको उपलव्धि मध्ये केही उदाहरण मात्र हुन् यी । व्यक्तिगत स्वार्थबाट माथी उठी करुणा, दया, माया, एकताको साझा विचार र मान्यता यस 
संस्थाको सफलताको रहस्य मान्न सकिन्छ ।

संस्था स्थापनाको मितिबाट आजसम्म पांच कार्यकाल सकि 
छैटौं कार्यकालको सुरुवातका लागि यही नोभेम्बर २४ तारिखमा साधारणसभामार्फत नयां कार्यसमिति चयन हुने हुंदा यूके मा रहनुभएका सम्पूर्ण नेपाली नर्सहरुलाई सहभागी हुन यस 
संस्था हार्दिक आव्हान गर्दछ । यस्तै नोभेम्बर २४ को साधारण सभा तयारीका लागि यहि २७ अक्टोबरमा वृहत छलफल गर्न धेरै भन्दा नर्सहरुलाई यसै हरफहरुद्वारा सहभागिताका लागि निमन्त्रणा दिन चाहन्छौं ।

साथै छैटौं कार्यसमितिमा आउन इच्छुक नर्सहरुलाई आफ्नो अघिल्लो कार्यकालमा सक्रिय काम गरेको विवरण र यस 
संस्थालाई कसरी उद्देश्न्मुख गराउन सकिन्छ भन्नेबारे आ आफ्नो उद्देश्य र नेतृत्व गर्न सक्ने मापदण्डसहित उपस्थित हुन हामी आग्रह गर्दछौं । संस्थाले एक असल, निस्वार्थ, विवेकी एवं क्षमतावान नेतृत्वको अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री