
भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोश्रो पटक जनकपुर आइपुगेको छ । तस्वीर – अजयकुमार साह, धनुषा, रासस
धनुषा, ४ कात्तिक – भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ ।
रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको रयाकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ रयाकसहितको रेल्वे जनकपुर आइपुगेको हो ।
धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आज मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय