काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ ।
राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो ।
यस्तै निजामती, जङ्गी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता