काठमाडौँ, १८ असोज – एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ ।
बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।
बैंकको प्रधान कार्यालयले एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवर्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता