
चीन भ्रमण सकेर बुधबार स्वदेश फर्कनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण बारे जानकारी दिनुहुँदै । साथमा नेकपाका नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ र पार्टी महासचिव विष्णु पौडेल । तस्बिर- प्रदीपराज वन्त, रासस
काठमाडौं, ३ असोज – चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गर्नुभएको छ ।
अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताउनुभएको थियो ।
मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेर मात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको बताउनुभएको थियो । उहाँले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको दोहोरयाउनुभएको थियो ।
सो अवसरमा उपराष्ट्रपति सानले अध्यक्ष दाहालसँगको विगतका भेट स्मरण गर्दै भन्नुभयो, “तपाईंलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ ।”
उपराष्ट्रपति सानले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय