वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल

तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, ३१ भदौ – सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुरयाउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ ।

त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री