
सिंहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषदको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य – रक्षामन्त्रीको सचिवालय/रासस
काठमाडौँ, १ असोज – राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन-परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले परिवर्तित सन्दर्भमा परिषद्को सचिवालयको सुदृढीकरण गर्न यसको पुनःसंरचना गर्ने काम अगाडि बढाउने निर्णयसमेत गरेको छ । सुरक्षा परिषद्ले नेपालको राष्ट्रिय सुरक्षा र हित विषयमा एकदिवसीय गोष्ठी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदालाई पनि अन्तिम रुप दिने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद् र परिषद् सचिवालयबाट सम्पादन भएका काम उल्लेख हुने बताइएको छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था रहेको छ ।
रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति सदस्य रहेको परिषद्को सदस्य सचिवमा रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्न लगाउने संवैधानिक व्यवस्था छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय