
सिंहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषदको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य – रक्षामन्त्रीको सचिवालय/रासस
काठमाडौँ, १ असोज – राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन-परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले परिवर्तित सन्दर्भमा परिषद्को सचिवालयको सुदृढीकरण गर्न यसको पुनःसंरचना गर्ने काम अगाडि बढाउने निर्णयसमेत गरेको छ । सुरक्षा परिषद्ले नेपालको राष्ट्रिय सुरक्षा र हित विषयमा एकदिवसीय गोष्ठी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने मस्यौदालाई पनि अन्तिम रुप दिने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता ऋषिराज भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद् र परिषद् सचिवालयबाट सम्पादन भएका काम उल्लेख हुने बताइएको छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था रहेको छ ।
रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति सदस्य रहेको परिषद्को सदस्य सचिवमा रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्न लगाउने संवैधानिक व्यवस्था छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]