
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालय सभामा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर सौजन्य– प्रधानमन्त्रीको निजि सचिवालय, रासस
काठमाडौँ, ३१ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताउनुभयो ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाका सम्बन्धमा छानबिन गर्न दुई समिति गठन गर्नुभएको छ । विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो ।
दुवै समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगन गरिएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सुविविका सहकुलपति गिरिराजमणि पोखरेलले सुविविले प्रदेश नं ७ मा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा विकास गरिने बताउनुभयो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक