लन्डन । नेवार समुदायमा समय समयमा विभिन्न प्रकारका भ्वय (भोज) हुने चलन परापूर्वकाल देखि अहिले सम्म हुने गरेको छ । जसमा गुथि भ्वय अर्थात नेवा भ्वय चाहिं अति प्रचलित छ । नेवारहरुको भोज भन्ने बित्तिकै गुथि भ्वय अर्थात नेवा भ्वय नै मानसपटलमा आउंछ ।
पासा पुच गुथि यूकेले पनि यही सेप्टेम्बर २९ तारिक शनिबार गुथि भ्वय आयोजना गर्दैछ । पलेटी कसेर लप्तेमा भ्वय खानुको मज्जा नै बेग्लै छ ।
बेजिङस्टोकस्थित कार्भिनल हलमा कार्यक्रम तय भएको हो । जसको उद्देश्य नयां पुस्तालाई गुथि भ्वय के हो ? नेवार संस्कृतिमा यसको के महत्व छ ? आदिबारे अवगत गराउनु हो । बेलायतमा नेवा कल्चर कसरी जीवन्त राख्ने भन्ने उद्देश्य पनि कार्यक्रमको छ । भोजमा ३० भिन्न भिन्न प्रकारका नेवा परिकार हुनुका साथै एैला (रक्सी) पनि समावेश हुने छ । नेवा भ्वयमा जहिले पनि जेष्ठ व्यक्तिलाई आदर तथा सम्मान गर्ने चलन छ । सोही अनुसार सिटिङ प्लान पनि गरिएको छ । नेवा भ्वयलाई दुई चरणमा विभाजन गरिन्छ ।
सुरुमा खानेलाई बजी भन्ने चलन छ र खाना केही समयपछि खुवाउने प्रथा छ । जहाँ थपि थपि खान पाइन्छ । दोस्रो चरणको खानालाई पनि कुनै ठाउंमा तीन चरणमा विभाजन गरेको देखिन्छ । हरेक चरणमा अलग अलग प्रकारका खाना दिने चलन छ ।
यसमा बोकाको टाउकाको श्यूउ खाने चलन पनि चर्चित छ । कुनै भोजमा बोकाको टाउकोलाई उमेर अनुसार दायां आंखा, बायां आंखा, दायां कान, बायां कान, थुतनो, जिब्रो, दायां बङगारा र बायां बङगारा दिने चलन छ ।
आजकल नेपालको हरेक ठाउंमा नेवा भोज उपलव्ध हुने होटल जताततै खोलेको पाइन्छ । यो होटल खुल्नुको कारण चाहिं नेवा खानाहरु जुन प्रकारले खुवाइन्छ त्यो वैज्ञानिक कारणबाट पनि स्वस्थ्य रहेकाले हो भन्न सकिन्छ । बेजिङस्टोक मा हुने गुथि भ्वयमा तीन सय जति हुने अनुमान मैले गरेको छु । यसमा टिकटको व्यवस्था पनि गरिएको छ । जसमा बयस्कलाई २५ पाउण्ड र ५ देखि १० वर्ष भित्रका लागि १२ पाउण्ड राखिएको छ । भोजमा सवैलाई स्वागत छ ।
कुनै विशेष जानकारी लिनु परेमा पासा पुच गुथि यूके अध्यक्ष कुमार श्रेष्ठलाई ०७८२८७५५६६७ सा सम्पर्क राख्न सकिन्छ । त्यस्तै, अल्डरसटमा राजन मल्ल, रिडिङमा रमेश श्रेष्ठ, प्लमस्टेडमा सुशिल प्रजापति र पासा पुच गुथि यूकेका महासचिव नगेन्द्र श्रेष्ठसंग सम्पर्क गर्न सकिन्छ ।
(लेखक श्रेष्ठ पासा पुच गुथि यूकेका अध्यक्ष हुन्)
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन