
पाँचखाल नगरपालिका–१२ काँसकोटमा शुक्रबार बेलुका तीजको दर खाँदा विषाक्त खानाका कारण बिरामी भएहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुँदै । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्थाले तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेको थियो । तस्वीर – पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
बनेपा, भदौ २३ – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिनुभयो ।
बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिनुभयो । पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरेको तीज विशेष दर खाने क्रममा सो घटना भएको हो ।
बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघनउपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा एञ्जला बस्नेतले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको छ ।
बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ ।
शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।” राउतले भन्नुभयो, “अहिले अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य छ ।”

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’