
पाँचखाल नगरपालिका–१२ काँसकोटमा शुक्रबार बेलुका तीजको दर खाँदा विषाक्त खानाका कारण बिरामी भएहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुँदै । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्थाले तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेको थियो । तस्वीर – पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
बनेपा, भदौ २३ – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिनुभयो ।
बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिनुभयो । पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरेको तीज विशेष दर खाने क्रममा सो घटना भएको हो ।
बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघनउपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा एञ्जला बस्नेतले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको छ ।
बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ ।
शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ ।” राउतले भन्नुभयो, “अहिले अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य छ ।”

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा