
श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट अवलोकन गर्नुहुँदै । तस्वीर – भरत केसी, बुटवल, रासस
बुटवल, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो ।
भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका महत्वपूर्ण ऐतिहासिक वस्तुको अवलोकन गर्नुभयो ।
राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष रवीन्द्र अधिकारी, प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का उद्योग, पर्यटनमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलगायत पदाधिकारीले स्वागत गर्नुभयो ।
राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि पूजा तथा प्राथना गर्नुभयो । त्यसलगत्तै लुम्बिनी विकास कोषले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति सिरिसेना सरिक हुनुभयो ।
सो अवसरमा मन्त्री अधिकारीले लुम्बिनी विकास कोषका तर्फबाट उहाँलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । यसलगत्तै राष्ट्रपति सिरिसेनाले लुम्बिनीको बिहारक्षेत्रस्थित श्रीलङ्कन गुम्बा पुगी अवकोलन एवं केही समय ध्यान समेत गर्नुभयो ।
बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट हरेक वर्ष हजारौं बुद्धमार्गी लुम्बिनी भ्रमणमा आउने गर्छन् । गतवर्ष श्रीलङ्काबाट २७ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा