
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा बिहीबार संयुक्त भेटवार्तापछि सामूहिक तस्बिर लिनुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गर्नुभएको छ ।
नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी हुनुहुन्थ्यो । बिम्स्टेकका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराउनुभएको थियो ।
रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा