
काठमाडौँ, १० भदौ – काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको छ । आर्थिक वर्ष २०७४-७५ मा भएको छ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।
यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ गम्भीर र चार हजार ३३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिनुभयो । “बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ”-उहाँले भन्नुभयो ।
वाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्छन् । आव २०७४-७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४-७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ छन् ।
तारकेश्वरमा प्रहरी अभियान
स्थानीय तारकेश्वर नगरपालिकाका टोलटोलमा प्रहरी अभियानको शुभारम्भ गरिएको छ । नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबारदेखि उक्त अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख मनोज नेउपानेले नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिवृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथामजस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउन कार्यक्रमले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्थालगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटा, तारकेश्वरका उपप्रमुख भवानी डोटेल, तारकेश्वर–११का वडाध्यक्ष विन्दा बुढाथोकीलगायतले सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेकामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु