काठमाडौँ, ८ भदौ – म्यान्माका राष्ट्रपति मीन मेइन्ट चारदिवसीय नेपाल भ्रमणका क्रममा यही भदौ १२ गते साँझ काठमाडौँ आउनुहुने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका सिलसिलामा हुन लागेको उहाँको यो भ्रमणका बेला नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
म्यान्माका राष्ट्रपति शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण पूरा गरी भदौ १५ गते स्वदेश फर्कनुहुनेछ ।
यसैगरी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भदौ १३ देखि १६ गतेसम्म नेपालको सद्भावना भ्रमण गर्नुहुने भएको छ ।
बिम्स्टेक शिखर सम्मेलनकै सिलसिलामा हुन लागेको उहाँको यो भ्रमणका अवसरमा नेपाल र श्रीलङ्काबीच विद्वत् समूह गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ गते काठमाडौँ आइपुग्ने जानकारी दिँदै भदौ १५ गते उहाँले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने बताउनुभयो ।
भारतका प्रधानमन्त्रीसँगको भेटवार्तापछि काठमाडौँ–रक्सोल रेलसेवा सञ्चालनको सम्भाव्यता अध्ययन र मालवाहक रेलसेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनका साथै भारत सरकारको सहयोगमा पाशुपत क्षेत्रमा निर्मित धर्मशालाको उद्घाटन हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक