
नेपाल सरकारद्वारा मित्रराष्ट्र चीन सरकारलाई उपहार स्वरुप दिइएको दुई वटा गैडा मितिनी र सोल्टी आज शुक्रबार साँझ विमानस्थलमा वन तथा वातावरणमन्त्री शक्ति वस्नेतद्वारा नेपालस्थित चिनिया दूतावासका प्रतिनिधि झाङ फानलाई हस्तान्तरण पश्चात गैडालाई विमानमा राख्दै विमानस्थलका कर्मचारीहरु । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ भदौ – नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी आज कार्गो विमानबाट चीन पठाएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गर्नुभयो ।
मन्त्री बस्नेतले उहाँलाई गैंडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गर्नुभएको थियो । यो जोडी गैंडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ ।
गैंडा हस्तान्तरणपछि विमानस्थलमा रासससँग कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा मुलुकको पहिचान विश्वमा प्रख्यात हुने र नेपालको पर्यटन व्यवसायमा समेत प्रवद्र्धन हुने उहाँको भनाइ थियो ।
चीनको युनी–टप एयरलाइन्सको कार्गो विमानबाट आज साँझ लगिएका गैँडा पाँच घण्टा ४५ मिनेटको उडानपछि साङ्घाइ पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ ल्याइएको महानिर्देशक खड्काले बताउनुभयो ।
गैँडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य तीन जना वन्यजन्तु प्राविधिक बिहीबार नै चीन गइसक्नुभएको छ ।
दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’ गत असार २८ गते चीन पठाइसकिएको छ ।
यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ । सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता