काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनःनिर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि बिहीबार पदबहालीका क्रममा उनले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् ।
पुनःनिर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका अनुभवका आधारमा पुनःनिर्माणमा देखापरेका समस्यालाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीले स्वागत गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा