काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनःनिर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि बिहीबार पदबहालीका क्रममा उनले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका हुन् ।
पुनःनिर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका अनुभवका आधारमा पुनःनिर्माणमा देखापरेका समस्यालाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीले स्वागत गरेका थिए ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार