ललितपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयन र लोकतन्त्रको अभ्यास गर्ने सन्दर्भमा सरकारबाट कमीकमजोरी हुन्छ कि भनी आशंका नराख्न आग्रह गरेका छन् । ‘मुलुकी देवानी तथा फौजदारी कार्यविधि संहिता कार्यान्वयनको अवस्था र चुनौती’ विषयक कार्यक्रममा उनले बलिदानपूर्ण सङ्घर्ष र ठूलो दुःखले ल्याएको लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्न स्थिति बसाल्ने प्रयास भइरहेको बताए ।
लोकतान्त्रिक र संवैधानिक बाटोबाट संविधान र ऐनमा कहीँकतै कमीकमजोरी छन् भने सच्याएर जान सकिने बताउँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन सरकार र संसद्को मात्र समाजको सरोकारको विषय रहेको धारणा व्यक्त गरे । मुलुकलाई समृद्धि हासिल गर्ने बाटोतर्फ लैजान कानूनी राज्यको प्रभावकारिता आवश्यक पर्नेमा जोड दिँदै उनले समाजलाई सुव्यवस्थित र सम्मुन्नत बनाउनेतर्फ हाम्रा प्रयास केन्द्रित हुनुपर्ने बताए ।
हामीले पाएको स्वतन्त्रतालाई ठीक ढङ्गले प्रयोग गरी अघि बढ्ने सन्दर्भमा देखिएका कमीकमजोरीलाई व्यवहारबाट सच्याउँदै जानुपर्छ भन्नेमा सरकार दृढ रहेको जनाउँदै प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित, सभ्य र शान्त राख्ने हो भने पारम्परिक भाइचारा, राष्ट्रिय भावना जगाउनेतर्फ हामी सबैको जोड हुनुपर्ने बताए ।
कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले धेरै प्रतिक्षा र प्रयासपछि कानूनी इतिहासको सुखद् क्षणका रुपमा मुलुकले देवानी र फौजदारी कार्यविधि संहिता पाएको धारणा व्यक्त गरे ।
तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा कानून निर्माण पद्धतिमा पहिलो रहेको मुलुककी ऐनलाई प्रतिस्थापन गर्न बनेको देवानी र फौजदारी कार्यविधि संहिताले समाजलाई सकारात्मक ढङ्गबाट रुपान्तरण गर्न ठूलो योगदान पुरयाउने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी राज्य असफल भएमा प्रजातन्त्रको सुदृढीकरण र विकास सम्भव नै नरहेको टिप्पणी गरे । उनले भने, “मुलुकी देवानी र फौजदारी आचारसंहिता कार्यान्वयन कानूनी राज्यको नयाँ युग निर्माण भइरहेको छ भन्ने सन्देश हो । संविधानपछि नेपाली जनताले अपेक्षा गरेको यो ठूलो कानून हो । हचुवाको भरमा मुद्दा फिर्ता र सजाय माफी गर्न नपाउने तथा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था यसमा गरिएको छ ।”
नेकपाका नेता पूर्वसभामुख सुवास नेम्वाङले चार वर्षको छलफल र निकै तयारीका साथ ल्याइएको देवानी तथा फौजदारी कार्यविधि संहिता कार्यान्वय गर्ने क्रममा आउने अडचनलाई समयसापेक्ष परिमार्जन गर्दै लैजान सकिने धारणा व्यक्त गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कार्यविधि संहितालाई समयानुकूल तुल्याउने सन्दर्भमा सरकार सदा सर्वदा तयार र खुल्ला रहेको धारणा व्यक्त गरे ।
आयोजक संस्था नेपाल कानून समाजका अध्यक्ष कोमलप्रकाश घिमिरे र कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठ र वरिष्ठ अधिवक्ता पुष्पा भूषालले सुधारात्मक दण्ड व्यवस्था, खुल्ला कारागार, पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेको कार्यविधि संहिता कार्यान्वयनमा नागरिक समाज र आम सञ्चार क्षेत्रको ठूलो योगदान हुनसक्ने धारणा व्यक्त गरे ।
उक्त कार्यविधि संहिता शुक्रबारदेखि लागू हुनेछ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको उक्त कार्यविधि संहिता २०७४ असोज ३० गते जारी भएको थियो ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी