काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पुरयाउन प्रतिबद्ध रहेका बताएका छन् ।
भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बिहीबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताए ।
कृषि, रेलसेवा, जलमार्गजस्ता क्षेत्रमा साझेदारी गर्दै पारस्परिक सम्बन्ध अघि बढिरहेको तथा विगतका समझदारी र सम्झौताको प्रभावकारी कार्यान्वयनलाई पनि केन्द्रमा राखेर काम भइरहेको जानकारी मन्त्री ज्ञवालीले दिए ।
उनले भने, “नेपाल–भारतबीच समाधान हुन बाँकी मूलभूत विषयलाई आगामी सेप्टम्बरभित्र सम्बोधन गर्न दुवै पक्षले सघन ढङ्गले आवश्यक काम गरिरहेका छन् ।” नेपाल–भारत सम्बन्धका समग्र पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न गठिन प्रबुद्ध व्यक्ति समूहले चाँडै आफ्नो प्रतिवेदन बुझाउने र त्यसले २१ औँ शताब्दी सुहाउँदो द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गराउन सुझाव दिने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गरे ।
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको स्वतन्त्रता सङ्ग्राममा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र उहाँका नेपाली समकक्षी केपी शर्मा ओलीको भारत यात्राबाट दुई देशीय सम्बन्ध अत्यन्त प्रगाढ बनेको बताए ।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय पशुपति शम्शेर जवरा र रामशरण महत, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भारत सरकार र त्यहाँका जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा