धनगढी-झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा बुधबार तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ ।
न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ ।
घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागार तथा अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधारगृहमा राखिएको छ । टीकापुर घटनाका ५८ अभियुक्त रहेकामा २२ जना अझै फरार रहेको अदालतका स्रेस्तेदार कठायतले बताए ।
थरुहट-थारुवान राज्यको माग गर्दै भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको झडपमा परी एक नाबालक र सात प्रहरीको मृत्यु भएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा