काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडौँ महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताए ।
बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा हुनका साथै बाँकी काम निर्धारित समयमा सम्पन्न गर्ने निर्णय भएको जानकारी दिँदै उनले राष्ट्रिय महत्वको उक्त सम्मेलन देशको प्रतिष्ठासँग गाँसिएकाले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको बताए ।
उक्त समितिमा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, चारवटै सुरक्षा निकायका प्रमुख सदस्य छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा