जनकपुरधाम-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मधेश विरोधी नभएको बताएका छन् । मारबाड़ी सेवा समिति जनकपुरधामको स्वर्ण जयन्ती महोत्सवको शनिबार उद्घाटन गर्दै उनले सरकारले मधेशको विकास केन्द्रित विशेष योजनाका लागि रु तीन अर्ब ५२ करोड़को योजना अघि सारेको बताए ।
मधेश विशेष विकास योजनाअन्तर्गत मेचीदेखि महाकालीसम्म भौतिक पूर्वाधार तथा यातायात निर्माणका कार्य गरिने बताउँदै उनले भने, “योजनाको विस्तारलाई दृष्टिगत अझै रकम थपिने अवधारणा छ ।” मन्त्री महासेठले १० देखि १५ दिनभित्र जनकपुरधाम–जटही सडकखण्डको नाम शहीद दुर्गानन्द झा नामाकरण गरी छ ‘लेन’ सडक निर्माण कार्यलाई प्राथमिकता दिने जानकारी दिए ।
आगामी डिसेम्बर महिनासम्ममा जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन र सन् २०२२ सम्ममा सोही सेवालाई वीरगञ्जसम्म विस्तार गरिने लक्ष्य राखिएको उनले बताए । मन्त्री महासेठले चीनको लाप्चाको सीमादेखि नेपालको भिठ्ठामोर सीमासम्म १२० किमी सडक निर्माणको अवधारणालाई मूर्त दिने गृहकार्य पनि अघि बढाइएको उल्लेख गरे ।
उनले मारवाडी समुदायले राजश्वदेखि सामाजिक, भ्रामिक चाडपर्व, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा पुरयाउँदै आएको योगदान सराहनीय रहेको प्रसंग उल्लेख गरे ।
प्रदेश नं २ राष्ट्रिय जनता पार्टी संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले मारवाडी समुदायको जनकपुरधामको विकासमा ठूलो योगदान रहेको चर्चा गरे ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मारवाडी समुदायले व्यापारिक प्रवद्र्धनका माध्यमबाट सामाजिक र आर्थिक रूपान्तरणमा सकारात्क योगदान पुरयाएको बताए ।
समितिका अध्यक्ष ललितकुमार बजाजको सभापतित्वमा भएको सो समारोहमा मारवाडी समुदायमा योगदान पुरयाउने सम्मान गरिएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा