चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्ने बताएका छन् । चितवन पर्यटन विकास समितिको आयोजनामा शनिबार भरतपुरमा आयोजित चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले चितवनको नारायणीलगायतका नदी समग्र देशकै विकासका लागि वरदान हुन सक्ने बताए ।
अध्यक्ष दाहालले अहिले पर्यटकहरुको आकर्षण हिमाल भन्दापनि समुन्द्र र नदी किनारमा बढेको उल्लेख गर्दै नारायणी, राप्ती र रिउ नदी चितवनको विकासका लागि वरदान सावित हुनसक्ने धारणा व्यक्त गरे । “जलमार्गको कुरा गर्दा गण्डक–नारायणी एउटा उच्च सम्भावना भएको नदी हो भन्ने कुरामा दुई मत छैन, मानिसको ध्यान पहाडभन्दा पनि नदी र समुन्द्रतीर केन्द्रित भएको छ, नारायणी हाम्रो लागि वरदान हुनसक्छ, रिउ र राप्ती नदी पनि कनेक्टिभिटीका दृष्टिले महत्वपूर्ण छ,” उनले भने ।
उनले चितवनका लागि वैकल्पिक राजमार्गको आवश्यकतामाथि जोड दिदैं केरुङदेखि ठोरीसम्म जोड्ने हुलाकी मार्गका लागि पृथ्वी राजमार्गको निश्चित बिन्दुबाट सुरुङ खनेर चितवनको शक्तिखोरमा निकाल्ने योजना अघि बढेको जानकारी दिए ।
“शक्तिखोरमा सुरुङ निकालेर भरतपुर हुँदै माडी ठोरी लैजाने विषयमा छलफल मात्रै होइन, कंक्रिट रुपमा डिपिआर बनाउनेमा सरकार अगाडि बढेको छ,” उनले भने, “त्यसो हुने वित्तीकै मुग्लिनबाटोमा प्राकृतिक रुपमा जे समस्या छ, त्यसको पनि समाधान हुने र कनेक्टिभिटीका दृष्टिले पनि महत्वपूर्ण हुन्छ ।”
अध्यक्ष दाहालले उक्त विषय अर्थ मन्त्रालय, प्रधानमन्त्री र सरकारको पनि ध्यानाकर्षण भएको र आफैं पनि संलग्न भएकाले निर्माण हुनेमा शंका नगर्न आग्रह गरे । सडक निर्माणपछि हुलाकी मार्ग उत्तर दक्षिणको महत्वपूर्ण र छोटो बाटो हुने बताउँदै उनले यसले चितवनको र समग्र देशकै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले चितवनलाई विकास गर्नु भनेको समग्र देशकै विकास गर्नुभएकाले सिँगो देशलाई मध्यनजर गरेर चितवनको विकासमा लाग्नुपर्नेमा जोड दिदै जतिधेरै कनेक्टिभिटी, रेलमार्ग, जलमार्ग र हवाइमार्ग हुन्छ, त्यति धेरै विकास हुने बताए ।
नेपालमा अहिले व्यापार घाटा कम गर्नेतिर जोड दिएकाले विकास निर्माणमा कम ध्यान पुग्दा कता कता म्याच नभएको हो की भन्ने महसुश भएको भन्दै उनले भने, “सरकारको ध्यान सन्तुलित विकासमा छ ।”
अध्यक्ष दाहालले चितवनमा क्रिकेट मैदान, रङ्गशाला, सिटीहल, कभर्डहल, नारायणी र राप्ती रिङरोड पाइपलाइनमै रहेको र कार्यान्वयनतर्फ अघि बढेको चर्चा गर्दै दक्षिण माडीको समस्या हल गर्न चितवन निकुञ्जको ऐन संशोधन गर्नुपर्नेमा जोड दिए ।
गोष्ठिमा चितवनका सातवटा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो क्षेत्रको पर्यटन विकासका बारेमा जानकारी गराएका थिए । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जिल्लाको पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा